birat ribon

तीन वर्षमा निर्यात दोब्बर पारिने

Neuro
तीन वर्षमा निर्यात दोब्बर पारिने

काठमाडौँ/निर्यात व्यवसायी महासङ्घले आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनीतिक योजना तयार पारेको छ । शनिबार काठमाडौँमा आयोजित प्रथम वार्षिकोत्सव कार्यक्रममा महासङ्घले आगामी तीन वर्षमा अहिले हुँदै आएको निर्यातको दोब्बर निर्यात गर्ने रणनैतिक योजना तयार पारेको बताएको हो ।

Padelux insider
cura insider

महासङ्घका अध्यक्ष रामबहादुर गरुङले महासङ्घसँग आबद्ध सबै पक्षसँग अन्तक्र्रिया गरी तीन वर्षे रणनीतिक योजना तयार पारिएको बताए । उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको खम्बाको रूपमा स्थापित गर्दै देशको आर्थिक सामाजिक अवस्था सुदृढ गर्न प्रतिबद्ध व्यवसायीहरूद्वारा रणनीति तयार पारिएको पनि बताए ।

महासङ्घले आगामी तीन वर्षमा नेपालको निर्यात एक खर्बबाट दुई खर्ब पु¥याउने रणनीति बनाएको र आगामी पाँच वर्षमा सात खर्ब निर्यात पु¥याउने लक्ष्य लिएको उनले जानकारी दिए ।

निर्यात बढाउन महासङ्घले सरकार र व्यवसायीबीच समन्वय गरी निर्यात व्यवसायीको संरक्षण गर्ने काम गर्दै आएको पनि अध्यक्ष गरुङले बताए । यस्तै निर्यात प्रवद्र्धनका लागि उपयुक्त नीतिगत एवम् व्यावहारिक व्यवस्थाका लागि महासङ्घले छोटो समयमा महत्त्वपूर्ण कार्य गर्न सफल भएको उनको भनाइ छ ।

jackson ribon