birat ribon

हाम्रो टिमले सुरु गर्‍यो सस्तो खाना खुवाउने रेस्टुरेन्ट

Neuro
हाम्रो टिमले सुरु गर्‍यो सस्तो खाना खुवाउने रेस्टुरेन्ट

काठमाडौँ/काठमाडौँ उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।

cura insider

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले काठमाडौँको अनामनगरमा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।

हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलिएको बताए । रेस्टुरेन्टबाट भएको बचतले अशक्त, असाहयलाई निःशुल्क खाना खुवाउन प्रयोग गरिने पनि अध्यक्ष पन्तले बताए ।

रेस्टुरेन्टबाट नेपाली खानाको प्रबद्र्धन हुने पनि अध्यक्ष पन्तले बताए । हाम्रो टिम नेपालले गत वर्ष चैत ११ गतेदेखि लकडाउन भएपछि काठमाडौँ उपत्यकामा रोजगारी गुमाएर खाना नपाएका मानिसहरुलाई निःशुल्क खाना खुवाउँदै आएको छ ।

jackson ribon