birat ribon

काठ निर्यात गर्ने अवस्थामा पुग्न वैज्ञानिक वन कार्यविधि खारेज : वनमन्त्री आले

Neuro
काठ निर्यात गर्ने अवस्थामा पुग्न वैज्ञानिक वन कार्यविधि खारेज : वनमन्त्री आले

काठमाडौँ/वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशलाई काठ निर्यात गर्ने अवस्थामा पुर्‍याउन वैज्ञानिक वन कार्यविधि खारेज गरेको बताएका छन् ।

Padelux insider
cura insider

नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको २१ औँ वार्षिक साधारणसभामा बोल्दै मन्त्री आलेले वार्षिक १० देखि १२ अर्ब बराबरको काठ आयात गर्नुपर्ने अवस्थाको अन्त्य गरी काठ निर्यात गर्ने अवस्थामा पुग्नका लागि वैज्ञानिक वन कार्यविधि खारेज गरिएको बताए ।

देशका २१ हजार सात सय ५५ वटा सामुदायिक वन र सरकारी वनबाट कसरी काठ निकाल्न सकिन्छ र काठ निर्यात गर्न सकिन्छ भन्ने सम्बन्धमा स्पष्ट नीति निर्माण गर्न लागेको पनि बताए ।

विगतमा सामुदायिक वनबाट पाँच हजार क्यूफिट काठ निकाल्न पाउने व्यवस्था भएको तर अब बन्ने वन नियमावलीमार्फत् ढलेका, सुकेका, हैसियत बिग्रेका, बाढीपहिरोबाट बगाएका काठहरु एउटा सामुदायिक वनबाट वार्षिक ५० हजार क्यूफिट निकाल्न सक्ने व्यवस्था गर्न लागेको बताए । यसबाट वार्षिक करिब पाँच करोड क्यूफिट काठ निकाल्न सकिने पनि मन्त्री आलेले बताए ।

वन क्षेत्रबाट काठ उत्पादन भएपछि देशलाई काठमा आत्मनिर्भर मात्र नभई निर्यात गर्ने स्थितिमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको पनि मन्त्री आलेले बताए । सरकारले सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिसकेको छ ।

jackson ribon