birat ribon

प्राज्ञिक विद्यार्थी परिषदमा बस्नेत

Neuro
प्राज्ञिक विद्यार्थी परिषदमा बस्नेत

सुनसरी/प्राज्ञिक विद्यर्थी परिषद्, नेपाल सगरमाथा प्रदेशको दोस्रो प्रदेश अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । सुनसरीको इटहरीमा सञ्चालन भएको अधिवेशनले चिन्तामणि बस्नेतको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

Padelux insider
cura insider

अधिवेशनले उपाध्यक्षमा प्रेम कार्की (सङ्खुवासभा), प्रदेश सचिवमा विवश कटवाल (मोरङ), सहसचिवमा वीरेन्द्र कार्की (सङ्खुवासभा), सुशन प्रसाई (मोरङ) र पूजा ढुङ्गना (तेह्रथुम) लाई चयन गरेको छ ।

यसैगरी प्रदेश जनजाति कार्य प्रमुखमा प्रितम मगर (झापा), छात्रा प्रमुखमा रमा चापागाईँ (भोजपुर), सह–छात्रा प्रमुखमा मुना बिष्ट (सुनसरी) लाई चयन गरेको छ । यस्तै प्रदेश मिडिया प्रमुखमा मोहन ढकाल (भोजपुर), सदस्यहरुमा धीरेन्द्र कोइराला (इलाम), शौरभ विक (सुनसरी), अभिषेक शर्मा (झापा), ज्ञानेन्द्र श्रेष्ठ (ओखलढुङ्गा) चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा किशोर रायमाझी (धनकुटा), खगेन्द्र कार्की (तेह्रथुम), शिवज्योति राजवंशी (मोरङ), कृतिका पोखरेल (धनकुटा), सुजन राई (सङ्खुवासभा), एन्जिला चापागाईँ (मोरङ), जयन्ती राई (सङ्खुवासभा) र प्रवेश बस्नेत (मोरङ) चयन भएका छन् ।

jackson ribon