birat ribon

२१ विद्यार्थीलाई साइकल

Neuro
२१ विद्यार्थीलाई साइकल

सिरहा/सिरहाको गोलबजार नगरपालिका–९ वडा कार्यालयले उच्च शिक्षा अध्ययनरत २१ विद्यार्थीलाई साइकल वितरण गरेको छ । जनता माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत दलित, जेहेन्दार छात्रछात्रालाई वडा कार्यालयले साइकल वितरण गरेको हो ।

Padelux insider
cura insider

विद्यार्थीको मनोबल बढाउँदै दलित जेहेन्दार विद्यार्थीको उच्च शिक्षामा आकर्षण बढाउन साइकल वितरण गरेको वडा नं ९ का वडाध्यक्ष रामपुकार कामतीले जानकारी दिए ।

विद्यार्थीलाई विद्यालयसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले ‘समाजिक सद्भाव र संस्कारिक शिक्षा, छोरीलाई शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ साइकल वितरण गरिएको वडाअध्यक्ष कामतीले बताए ।

jackson ribon