birat ribon

गजल

Neuro
गजल
पञ्च विस्मृत

तिम्रो नाममा सयौँ गीत, गाएछु एक्लैएक्लै ।
बितिसकेका कुरा सम्झी, सर्माएछु एक्लैएक्लै ।

Padelux insider
cura insider

हिँडिएछ कति बाटा, एउटै कथा बाँच्न पनि,
नधाउनुको प्रेमनगर, धाएछु एक्लैएक्लै ।

आफ्नो हिजो बिर्सेर त, जो कोही हाँस्न सक्छन्,
पीडाहरुको उत्सव अझ, मनाएछु एक्लैएक्लै ।

क्या कला छ नियतिको, बिग्रिएछु क्यानभासमा,
आफ्नै पोट्रेट हेरीहेरी, हडबडाएछु एक्लैएक्लै ।

एउटा अन्तिम लक्ष्य थियो, त्यसको पनि यात्रा छुट्यो,
आधी बाटोबाट फर्की, आएछु एक्लैएक्लै ।

jackson ribon