birat ribon

काङ्ग्रेसले अदालतको फैसला मान्छ : खतिवडा

Neuro
काङ्ग्रेसले अदालतको फैसला मान्छ : खतिवडा

पोखरा/नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने पैmसला पार्टीका लागि मान्य हुने बताएका छन् ।

Padelux insider
cura insider

प्रेस युनियन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा शनिबार उनले नेपाली काङ्ग्रेस विधि र प्रक्रियाअनुसार चल्ने पार्टी भएकाले अदालतको निर्णयलाई शिरोधार्य गर्ने बताए ।
लामो समयदेखिको सङ्घर्षको उपलब्धिस्वरुप प्राप्त संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको खतिवडाको भनाइ थियो । उनले संविधानका विरुद्धमा हुने जुनसुकै गतिविधि पार्टीलाई मान्य नहुने बताए ।

मुलुकमा निर्वाचन भएमा पार्टीको महाधिवेशन भदौमा हुने र प्रतिनिधिसभा पुनःस्थापना भएमा भने आगामी जेठ महिनामा हुने उनको भनाइ थियो । प्रेस युनियनका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र सचिव प्रदीप पौडेलले समसामयिक गतिविधिका बारेमा बोलेका थिए । रासस

jackson ribon