birat ribon

उपभोक्ता

Neuro
उपभोक्ता
सनत सापकोटा

उसको अगाडि उभिएको पुरुषले गरेको आग्रह उसले चुपचाप पूरा गरिदिई । पुरुष मनमाफिक उसका अङ्गप्रत्यङ्गहरूसँग खेल्यो र अघाएपछि सुस्केरा डकार्दै बाहिर निस्क्यो । उसको निष्कासनसँगै दोस्रो पुरुषको भित्र प्रवेश भयो । युवतीले उसको चाहना पनि पूरा गरिदिई । उसको फिर्ती आगमनसँगै तेस्रो पुरुष आफ्नो चाहना पूरा गर्न कोठाभित्र प्रवेश गरिसकेको थियो । युवतीले यसपटक पनि कुनै प्रतिवाद गरिन बरु उसको अनुकूल हुनेगरी आफूलाई सुम्पिदिई ।

Padelux insider
cura insider

युवतीसामु प्रत्येक दिन आफ्ना बेग्लाबेग्लै चाहना लिएर नयाँ–पुराना अनुहारहरू उपस्थित हुन्थे । उनीहरू प्रायः सबैजना युवतीसामु अप्राकृतिक सम्बन्धका लागि लालायित हुन्थे । युवती सबैका इच्छा र चाहना पूरा गरिदिन्थी । आजसम्म उसले त्यहाँबाट कुनै पुरुषलाई विमुख फर्काएकी छैन । तर, त्यो कोठीमा युवतीको चाहना बुझ्न खोज्ने र उसको कथा सुन्न चाहने कुनै पुरुष आजसम्म प्रवेश गरेको छैन ।

कुनै पुरुषलाई गरेको निस्वार्थ प्रेमको प्रतिफल ऊ भोगिरहेकी छ ।

jackson ribon