birat ribon

मनाङको आगो अझै नियन्त्रणमा आएन

Neuro
मनाङको आगो अझै नियन्त्रणमा आएन

मनाङ/गत मङ्सिर ११ गतेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन नसकेको स्थानीयको भनाइ छ ।

Padelux insider
cura insider

रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन् । ‘जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रण भएन,’ नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजङ्ग गुरुङले भने । ताचैमा वरिपरि अग्ला डाँडाकाँडा छन् भने बीचमा बस्ती रहेको छ ।भौगोलिक अवस्थितिका कारण पनि आगो नियन्त्रण गर्न कठिन भएको स्थानीयको भनाइ छ ।

तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए । तीव्र वेगमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिन भएको उनको भनाइ छ । जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय मिलेर अग्नि रेखा बनाउन सफल भएको बताउँदै उनले भने, ‘पाइपको व्यवस्था गरेर बाल्टीमा पानी भरी आगो निभाउने प्रयासमा छौँ ।’

‘घर जाऊँ आगोले बस्ती नै सिध्याउला भन्ने डर, नजाऔँ दुई दिनदेखिको भोक प्यासले हैरान पा¥यो,’ घलेले आफूहरूका बाध्यता सुनाए, ‘गाउँ कुइरीमण्डल छ, सास फेर्न गाह्रो भइरहेको छ ।’
ताचै संरक्षण क्षेत्र व्यवस्थापन समिति अध्यक्ष याद घलेले आगो निभाउने प्रयास भैरहेको बताए । अर्का स्थानीय रोशन गुरुङले आगो नियन्त्रणमा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले चासो नदिएको गुनासो गरे ।

आगोले एक्याप क्षेत्रको दुई हजार हेक्टर जङ्गल सखाप पारेको छ । जङ्गल जलेपछि घोरल मृग दौडिएको स्थानीयले बताएका छन् । अहिले आगो मनास्लु पदमार्गतर्फ गोवा भन्ने ठाउँमा बलिरहेकोे वडा ७ तिल्चेका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगो निभाउन र जनतालाई सुरक्षा दिन दिनरात नभनी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बस्ती जोगाउने काम भइरहेको बताए । जिल्लाका विभिन्न ठाउँमा आगलागीका घटना भइरहेकाले जिल्लाका सबै संयन्त्र परिचालन गर्दागर्दै पनि नियन्त्रणमा लिन कठिनाइ भएको उनले बताए । आलो लगाउने व्यक्तिको खोजी गरी कारबाही गरिने पनि उनले जनाए । रासस

jackson ribon