birat ribon

बेलायतमा ७८ लाखभन्दा बढीलाई कोरोनाविरुद्धको खोप

Neuro
बेलायतमा ७८ लाखभन्दा बढीलाई कोरोनाविरुद्धको खोप

विराटनगर । पछिल्लो समय कोरोना भाइरसबाट प्रभावित हुनेमध्ये विश्वकै पाँचौं नम्बरमा रहेको मुलुक बेलायतमा हालसम्म ७८ लाखभन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइएको सरकारी अधिकारीहरुले बताएका छन् ।

Padelux insider
cura insider

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’काअनुसार बेलायतमा हालसम्म ७८ लाख ९१ हजार एक सय ८४ जनालाई कोरोनाविरुद्धको खोपको पहिलो डोज दिइसकिएको छ । पहिलो डोज लिएकामध्ये चार लाख ७८ हजार दुई सय ५४ जनाले खोपको दोस्रो तथा अन्तिम डोज लिइसकेका छन् ।

बेलायतमा हाल फाइजर बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेकाकाद्वारा विकसित कोरोना विरुद्धको दुईवटा खोपहरु प्रयोगमा ल्याइएको छ । भर्खरैमात्र बेलायतमा अन्य दुईवटा खोपको पनि सफल परीक्षण भइसकेको छ । खोपमध्ये कुन बढी प्रभावकारी छ भन्ने यकिन भइसकेको छैन । तर बेलायतमा सर्वसाधारणका लागि विकसित खोप धमाधम दिन थालिएको छ । विभिन्न खोपहरु कोरोनाको नयाँ भेरिएन्टका लागि पनि प्रभावकारी भइरहेको बीबीसीले जनाएको छ ।

बेलायतमा कोरोना तीव्र रुपमा फैलन थालेपछि खोप अभियानलाई पनि प्रभावकारी बनाएर लगिएको छ । खोप वितरण केन्द्रहरु वृद्धि गरिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्ध खोप दिइरहे पनि स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै सामाजिक दूरी कायम गर्न सर्वसाधारणमा आह्वान गरेको छ । खोपले काम गर्न कम्तीमा तीन साता लाग्ने भएकाले त्यो खोप लगाएकाले पनि त्यो अवधिसम्म सावधानी अपनाउनु पर्नेमा सरकारी अधिकारीको जोड छ ।

बेलायतमा हालसम्म ३७ लाख ७२ हजार आठ सय बढीमा कोरोना पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा २९ हजार बढी नयाँ बिरामी थपिएका छन् । कोरोना पुष्टि भएकामध्ये ३५ हजार बढीको विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा उपचार जारी छ । बेलायतमा कोरोनाका कारण हालसम्म मृत्यु हुने एक लाख चार हजार तीन सय ७१ पुगेका छन् ।

jackson ribon