birat ribon

चीन र ताइवानबीच थप तनाव बढ्ने सङ्केत

Neuro
चीन र ताइवानबीच थप तनाव बढ्ने सङ्केत

विराटनगर । छिमेकी मुलुक चीन र आफूलाई स्वतन्त्र राज्यको रुपमा मानिरहेको ताइवानबीच पछिल्लो समय थप तनाव बढ्ने सङ्केत देखिएको छ ।

Padelux insider
cura insider

ताइवानले आफूलाई स्वतन्त्र राज्य दाबी गरिरहेका बेला चीनले भने ताइवान आफ्नो एक राज्य भएको बताइरहेको छ । ताइवानले आफू स्वतन्त्र राज्य भएको दाबी गर्दै त्यही हिसाबको पैरवी गर्न थालेपछि अमेरिकाले पनि एक हिसाबले साथ दिएको छ । विश्वका दुई ठूला र शक्तिशाली मुलुकमध्येका चीन र अमेरिकाबीच लामो समयदेखि तनाव छ ।

त्यही तनावको फाइदा उठाउँदै अमेरिकाले ताइवानले खोजिरहेको स्वतन्त्रतामा बल पुग्ने गरी सहयोग गरिरहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । ताइवानको स्वतन्त्रतामा अमेरिकाले साथ दिनु र चीनले ताइवानलाई आफ्नो राज्यका रुपमा परिभाषित गर्दै आउनुलाई दुई देशबीच द्वन्द्व बढ्ने शंकेतका रुपमा लिइएको छ ।

ताइवानलाई स्वतन्त्रताका लागि कुनै पनि दाबी र पैरवी नगर्न चेतवानी दिँदै चीनले यसरी दाबी गर्नु भनेको युद्ध निम्त्याउने प्रयासका रुपमा अभिव्यक्ति दिएको छ । ताइवानले आफ्ना गतिविधि स्वतन्त्र राज्यका रुपमा अघि बढाइरहेका बेला चीनबाट आएको यो अभिव्यक्तिसँगै ठूलै तनाव हुने सम्भावना बनेको छ । अमेरिका पनि ताइवानको स्वतन्त्रताको विषयमा लचक देखिएपछि चीनले प्रतिवाद गरिरहेको हो ।

बिबिसीकाअनुसार चीनले अहिले ताइवानको टापुनजिकै आफ्नो सैनिक गतिविधि बढाएर सैन्य विमान उडाउन थालिसकेको छ । त्यसपछि ताइवानले आफू स्वतन्त्र राज्य भएकाले कुनै पनि हस्तक्षेप नगर्न चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो समय ताइवानको पक्षमा अभिव्यक्ति दिएपछि र एशियाबारे आफ्नो धारणा राख्न थालेपछि चीनले ताइवानलाई युद्ध निम्त्याउने प्रयास नगर्न र चीनको अधिनमा रहन ताइवानलाई चेतनावी दिइसकेको छ । चीनले दिएको चेतावनीलाई अमेरिकाले दूर्भाग्यपूर्ण भनेर भनेपछि अवस्था के हुने हो भन्ने यकिन गर्न नसकिएको बिबिसीले उल्लेख गरेको छ ।

ताइवानका राष्ट्रपति साइ इङ वेनले यसअघि नै ताइवानलाई स्वतन्त्र राष्ट्र बनाउन सक्ने कदम अगाडि चालिसकेका छन् । उनले चीनले जुनसुकै अभिव्यक्ति र प्रतिक्रिया दिए पनि कुनै अर्थ नरहने बताएका छन् ।

तर, बिहीबार चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु क्वियानले ताइवानको स्वतन्त्रता अहिले थप तनाव सिर्जना गर्ने विषय मात्र भएको बताएका छन् ।

चीन र ताइवानमा चिनियाँ गृहयुद्ध सकिएपछि सन् १९४९ देखि नै छुट्टाछुट्टै सरकार रहँदै आएका छन् । पछिल्ला वर्षमा यी दुई देशबीच तनाव सुरु भएको हो ।

त्यही तनाव बढ्दै गएपछि दुई मुलुकबीच अस्तित्वको लडाइँ हुने सङ्केत देखिएको छ । तनाव उग्र हुने अवस्था पनि आएको दाबी गरिएको छ । ताइवानलाई एक स्वतन्त्र राष्ट्रको दर्जा नदिइएको भए पनि विश्वका विभिन्न देशमा ताइवानले आफ्नै अनुकूलताअनुसार निर्णय गरिरहेको छ ।

jackson ribon