birat ribon

कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्य बनाइयो

Neuro
कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्य बनाइयो

विराटनगर । सरकारले माध्यमिक तहकै मान्यता दिएको कक्षा ११ र १२ मा अब गणित विषयलाई अनिवार्य बनाइएको छ ।

Padelux insider
cura insider

यसअघि ऐच्छिक रहेको यो विषयलाई अब अनिवार्य समूहमा समेटिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले गणितलाई अनिवार्य समूहमा राख्ने निर्णय गरेको हो । अब विद्यार्थीले गणित र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षामध्ये एउटा विषय रोज्न पाउनेछन् । बैठकले तेस्रो अनिवार्य विषयमा गणित लिन सक्ने व्यवस्था गरेको हो ।

११ तथा १२ का विद्यालयले तेस्रो अनिवार्य विषयका रूपमा गणित वा सामाजिक तथा जीवन उपयोगीमध्ये एउटा अध्यापन गराउनुपर्नेछ । यसअघि तेस्रो अनिवार्य विषयका रूपमा सामाजिक तथा जीवन उपयोगी विषय मात्रै रहेको थियो । यसअघि गणितलाई ऐच्छिक विषयमा राखिएपछि गणित अध्येताहरू आन्दोलनमा उत्रिएका थिए । नेपाल गणित समाजले सरकारको निर्णयलाई स्वागत गरेको छ ।

गणित विषयलाई अनिवार्य बनाउनुपर्ने भन्दै उत्पन्न भएको विवाद अदालतसम्म पुगेको थियो । सर्वोच्च अदालतले रिट खारेज गरे पनि सरकारलाई त्यसबारे पुनर्विचार गर्न निर्देशनात्मक आदेश दिएको थियो ।
समाजका सचिव डा. दिनेश पन्थीले कक्षा ११ र १२ को पाठ्यक्रम प्रारूपमा गणितसम्बन्धी रहेको समस्या गणित समाजको निरन्तर माग र दबाबबमोजिम भएको भन्दै अभियानमा जोडिने सबैलाई धन्यवाद दिए । राजधानी दैनिकमा समाचार छ

jackson ribon