विराटनगर । कोरोना भाइरस सङ्क्रमणका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन तीन हजार तीन सय बढी सङ्क्रमितको मृत्यु भएको छ ।
अमेरिकामा दैनिक थपिने र ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या दिन प्रतिदिन बढिहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार तीन सय १२ जनाले ज्यान गुमाएसँगै अमेरिकामा हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या चार लाख ४७ हजार एक सय १९ पुगेको छ । एकै दिन एक लाख ५७ हजार दुई सय १९ नयाँ बिरामी थपिएपछि जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड ६४ लाख ९९ हजार चार सय ५६ पुगेको छ ।
सङ्क्रमितमध्ये एक करोड ६१ लाख ८५ हजार एक सय ७८ जना उपचारपछि निको भएका छन् । ९८ लाख ६७ हजार एक सय ५९ जना उपचाररत छन् । उपचाररतमध्ये २५ हजार तीन सय ८३ जनाको अवस्था गम्भीर छ ।
कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको भारतमा पछिल्लो २४ घण्टामा एक सय २९ जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख ५४ हजार एक सय ७६ पुगेको छ । १२ हजार पाँच सय १६ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड सात लाख ३३ हजार चार सय ८७ पुगेको छ ।
सङ्क्रमितमध्ये एक करोड चार लाख सात हजार तीन सय ४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । एक लाख ७१ हजार नौ सय ६८ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।
कोरोनाबाट प्रभावित हुनेमध्ये तेस्रो नम्बरमा रहेको ब्राजिलमा एकै दिन एक हजार ९९ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या दुई लाख २२ हजार सात सय ७५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५८ हजार छ सय ९१ जना नयाँ बिरामी थपिएपछि जम्मा सङ्क्रमित सङ्ख्या ९१ लाख १९ हजार चार सय ७७ पुगेको छ ।
सङ्क्रमण पुष्टि भएकामध्ये ७९ लाख ६० हजार छ सय ४३ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै घर फर्किएका छन् । नौ लाख ३६ हजार ५९ जना उपचाररत छन् । उपचार जारी रहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।
विश्वमा पछिल्लो २४ घण्टामा १४ हजार तीन सय ६८ जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या २२ लाख १४ हजार एक सय ६३ पुगेको छ । नयाँ पाँच लाख ६७ हजार दुई सय दुई जना बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या १० करोड २५ लाख ८५ हजार दुई सय ९१ पुगेको छ ।
सात करोड ४२ लाख ८७ हजार दुई सय २८ सङ्क्रमित उपचारपछि निको भएका छन् । दुई करोड ६० लाख ८३ हजार नौ सय जना उपचाररत छन् । उपचार जारी रहेकामध्ये एक लाख नौ हजार चार सय २५ जनाको अवस्था चिन्ताजनक छ ।