birat ribon

यस्तो छ कतारविरुद्ध खेल्ने नेपाली टोली, कप्तान ज्ञानेन्द्र, पारस र सन्दीप टिममा परेनन्

Neuro
यस्तो छ कतारविरुद्ध खेल्ने नेपाली टोली, कप्तान ज्ञानेन्द्र, पारस र सन्दीप टिममा परेनन्

विराटनगर । कतारविरुद्धको टी–ट्वान्टी खेल खेल्ने नेपाल क्रिकेट टोलीमा ठूलो बदलाब हुने भएको छ । शुक्रबार साँझ नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा सहभागी हुने १८ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।

Padelux insider
cura insider

जसमा, चर्चित तथा अनुभवी खेलाडीहरू टोलीमा छैनन् । नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, अलराउण्डर पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, वसन्त रेग्मी, रोहित पौडेल, जितेन्द्र मुखिया, किशोर महतोलगायतका खेलाडीहरू बन्द प्रशिक्षणमा बोलाइएका छैनन् ।

पूर्व–कप्तान खडकासहित करण केसी, सोमपाल कामी अबुधाबी टी–टेनका लागि युएईमा छन् । सोमपाल र करणलाई बन्द प्रशिक्षणमा भने बोलाइएको छ । सन्दीप लामिछाने भने बिग बास लिगका लागि अष्ट्रेलियामा छन् ।

प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मीका कप्तानको जिम्मेवारीमा रहेका विनोद भण्डारी भने बन्द प्रशिक्षणका लागि बोलाइएका छन् । यस्तै पिएम कपमा प्रदेश २ को प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका अलराउण्डर विवेक यादव बन्द प्रशिक्षणमा बोलाइएका छन् ।

त्यसबाहेक कृष्ण कार्की नौ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् । उनी लुम्बिनी प्रदेशका कप्तानसमेत हुन् । लुम्बिनी प्रदेशकै सौरभ खनाल बन्द प्रशिक्षणमा बोलाइएका छन् ।

बन्द प्रशिक्षणका लागि छनोट भएका अन्य खेलाडीहरूमा सन्दीप जोरा, आसिफ शेष, कुशल भुर्तेल, सागर ढकाल, भुवन कार्की, कुशल मल्ल, लोकश बम, कमलसिंह ऐरी, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ र साहब आलम छन् ।

नेपालले कतारसँग उसको घरेलु मैदानमा फेब्रुअरी नौबाट सुरु हुनेगरी तीन म्याचको टी–ट्वान्टी शृङ्खला खेल्नेछ । नेपाल र कतारबीचको बाइल्याट्रल टी–ट्वान्टी सिरिजअन्तर्गतको खेल फ्रेबुअरी ९, १० र १२ मा हुनेछ । नेपालले फेब्रुअरी १ बाट बन्द प्रशिक्षण सुरु गर्नेछ ।

jackson ribon