birat ribon

प्रचण्ड–नेपाल समूहको विराटनगरमा विरोधसभा (फोटो फिचर)

Neuro
प्रचण्ड–नेपाल समूहको विराटनगरमा विरोधसभा (फोटो फिचर)

विराटनगर । प्रदेश एकको राजधानी विराटनगरमा नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले शुक्रबार बृहत् शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नेकपा दाहाल–नेपाल समूहले प्रदेश एकअन्तर्गत विराटनगरमा विरोधसभा आयोजना गरेको हो ।

Padelux insider
cura insider

विराटनगरको बरगाछी, तीनपैनी, रोडशेष चोक र हाटखोलाबाट मध्यान्ह बाह्र बजे एकैसाथ सुरु भएका प्रदर्शन जनआन्दोलन चोक (महेन्द्र चोक) मा पुगेर विरोधसभामा परिणत भएको थियो ।

सभामा नेकपा अध्यक्षद्वय दाहाल र नेपाल उपस्थित भएका थिए । साथै, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता योगेश भट्टराई, शिवकुमार मण्डल, भीम आचार्य, महेश रेग्मी, ईन्द्रबहादुर आङ्बोलगायत उपस्थित भएका थिए ।

नेकपा दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य महेश रेग्मीका अनुसार आज भएको विरोधसभामा ६० हजार कार्यकर्ता उपस्थित भएका थिए । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर आलोच्य कदम चालेको भन्दै नेकपा दाहाल–नेपाल समूहले उक्त कदमको विरुद्धमा सडक सङ्घर्ष गरिरहेको छ ।

सभामा सम्बोधन गर्दै प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले ओलीले वास्तविक नेकपा हेर्न सडकमा आउनुपर्ने बताएका छन् । ओलीले राष्ट्रमाथि घात गरेको खनालले आरोप लगाएका छन् ।

यस्तै, अध्यक्ष प्रचण्डले पनि ओली बेइमान भएको बताएका छन् । एकता गर्दाको शर्त ओलीले बिर्सिएको भन्दै अध्यक्ष प्रचण्डले ओली धूर्त र बेइमान भएको जिकिर गरेका छन् ।

jackson ribon