birat ribon

‘केजिएफ च्याप्टर–२’ को प्रदर्शन मिति सार्वजनिक

Neuro
‘केजिएफ च्याप्टर–२’ को प्रदर्शन मिति सार्वजनिक

विराटनगर । बहुप्रतीक्षित फिल्म ‘केजिएफ च्या्पटर–२’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माण पक्षले आगामी १६ जुलाईमा फिल्म रिलिज गर्ने बताएको छ । निर्माण टिमले सामाजिक सञ्जालमा पोष्ट गर्दै फिल्मको रिलिज घोषणा गरेको हो ।

Padelux insider
cura insider

केजीएफ च्यापटर १ ले कन्नड सिनेमा उद्योगलाई एक नयाँ उचाइमा पुर्‍याएको थियो । बलियो कन्टेन्ट र दमदार डाइलगका कारण फिल्मले दर्शकको मन जित्न सफल भएको थियो । ‘केजिएफ’को सिक्वेल भएका कारण पनि यस फिल्मलाई दर्शकले निकै प्रतीक्षा गरिरहेका छन् ।

फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । फिल्मको कहानी त्यहीँबाट सुरु हुनेछ, जहाँ भाग १ को अन्त्य भएको थियो । केजिएफ च्यापटर १ मा ‘रकी भाइ’ (यश) ले फिल्मको भिलेन गरुणालाई मारेर केजिएफमा राज गरेको देखाइएको थियो भने सिक्वेलमा पावरको लागि फेरि एकपटक रकीको सामना अधिरा (सञ्जय दत्त) सँग हुँदैछ ।

‘केजिएफ च्यापटर–२’ गत वर्ष अक्टोबरमै प्रदर्शन हुनुपर्ने फिल्म हो तर कोरोना महामारीका कारण फिल्मको रिलिज मिति सरेको थियो । अब यो फिल्म १६ जुलाईमा हिन्दीसहित पाँच भाषामा रिलिज हुनेछ ।

jackson ribon