birat ribon

यो अदालतलाई जनताका पक्षमा फैसला गर्ने सुनौलो अवसर हो : नेता सिटौला

Neuro
यो अदालतलाई जनताका पक्षमा फैसला गर्ने सुनौलो अवसर  हो : नेता सिटौला

काठमाडौँ/नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अभिमतविरुद्ध अदालतले फैसला गर्न नसक्ने भन्दै अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ६ काठमाडौँले शुक्रबार शान्ति बाटिकामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता सिटौलाले अदालतले आम जनताको भरोसा र आशा जुटाउने अवसर पाएको बताए ।

Padelux insider
cura insider

यो अवसरको अदालतले सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्रीलाई मन लाग्दैमा संसद् भङ्ग गर्न नपाउन् भनेर संविधान निर्माणताका संविधानमा धारा ७६ को व्यवस्था गरिएको उनको भनाइ छ । उनले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो गल्ती स्वीकार गर्न प्रधानमन्त्रीलाई आग्रह पनि गरे ।

त्यसैगरी, कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता गगन कुमार थापाले अदालतमा भएको विषयमा काङ्ग्रेस बोल्दैन भन्ने भ्रम नराख्न आग्रह गरे । कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दिनँ भन्ने भन्दै उनले अदालतमा भएको प्रतिनिधिसभा विघटनको मुद्दालाई काङ्ग्रेसले असंवैधानिक कदम भनिसकेको बताए ।
नेता थापाले अदालतले दायाँबायाँ फैसला नगर्ने विश्वास पनि व्यक्त गरे ।

jackson ribon