birat ribon

जिब्रो, हात र खुट्टामा पनि देखिन सक्छ कोभिडको लक्षण

Neuro
जिब्रो, हात र खुट्टामा पनि देखिन सक्छ कोभिडको लक्षण

विराटनगर/कोभिडको सङ्क्रमण भएमा मानिसमा कुनै लक्षण नदेखिने वा विभिन्न प्रकारको लक्षण देखिने हुनसक्छ ।

Padelux insider
cura insider

ज्वरो, सुख्खा खोकी, घाँटीको दुखाइ, थकान, गन्ध र स्वादको कमी, छातीको दुखाइ वा सास फेर्न गाह्रो हुने समस्या कोभिडको सङ्क्रमण भएकामा देखिने मुख्य र सामान्य लक्षण हुन् । तर, भर्खरको रिपोर्टअनुसार यीबाहेक तीन नयाँ लक्षण देखिए कोभिड सङ्क्रमणको प्रारम्भिक सूचक हुन सक्छन् ।

स्पेनको अस्पताल युनिभर्सिटारियो ला पाजमा म्याड्रिडमा गरिएको एउटा अध्ययनअनुसार कोभिडको चेतावनीका सङ्केत बिरामीको जिब्रो, हात र खुट्टामा देखिन सकिन्छ । म्याड्रिडको अस्पतालमा भाइरसबाट सङ्क्रमित ६ सय ६६ बिरामीहरूमध्ये गरिएको अनुसन्धानअनुसार चार जना कोभिड सङ्क्रमितमध्ये एक जनाले जिब्रो सुन्निएको, हात झमझम गरेको वा पोलेको र खुट्टाको छालामा रातो भएको गुनासो गरेका थिए ।

बिरामीले आफ्नो मुखभित्र गम्भीर सङ्क्रमण भएको जसमा सेतो घाउ हुने वा जिब्रो सुन्निएको बताएका छन् । यस अवस्थालाई धेरै वैज्ञानिकहरू र चिकित्सकले कोभिड टङ्ग भन्ने गरेका छन् जसलाई स्वाद हराउने भावनासँग जोडिएको छ जुन कोभिडको मुख्य लक्षणमध्ये एक हो ।

यसबाहेक, करिब १५ प्रतिशत बिरामीहरूले उनीहरूको हात र खुट्टा पोलिरहेको वा रातोपन अनुभव गरेको गुनासो गरेका थिए । केहीले भने सोही ठाउँमा सानो दागहरू देखा परेको पनि उल्लेख गरिएको छ ।

jackson ribon