birat ribon

एसिडिटीबाट राहत पाउने तरिका

Neuro
एसिडिटीबाट राहत पाउने तरिका

विराटनगर/अधिकांश मानिसमा हुने एसिडिटी एक साधारण समस्या हो । अत्यधिक तारेको, चिल्लो अधिक मसलादार खाना वा फास्टफुड आदिको सेवलने एसिडिटी निम्तिन सक्छ ।

Padelux insider
cura insider

पेटमा उपस्थित एसिड एसोफगस (खानाको नली)मा आउँदा एसिडिटीको समस्या हुनसक्छ । एसिडिटीको कारण पेट पोलेको वा दुखाइजस्तो महसुस हुने, भोक नलाग्ने, अमिलो डकार आउने र पेटमा ग्यास भरिने समस्या देखिन सक्छ ।

एसिडिटीको समस्याबाट राहत पाउन अपनाउन सकिने घरेलु उपचार

अलैँची खाने बानीले एसिडिटीबाट बचाउन सक्छ । एसिडिटी वा पेटमा जलन भएमा, एक वा दुई वटा अलैँची खान सकिन्छ ।

तुलसीको सेवन एसिडिटीमा मात्र नभई मानसिक र अन्य शारीरिक रोगमा पनि धेरै प्रभावकारी हुन्छ । तुलसी पात चपाउनाले वा तातो पानी राखेर पिउनाले एसिडिटीको समस्या हटाउन सकिन्छ ।

पुदिना पेट र पाचनका समस्याहरूका लागि फाइदाजनक छ । मसलादार खानाले पेट पोलेमा पुदिनाको पातले पेटलाई शान्त गर्नेछ वा पुदिनाको पातलाई पिसेर कागती पानीमा कालो नुन मिसाएर पिउन सकिन्छ ।

चिसो दूध पिउनु एसिडिटीका लागि औषधिसरह मानिन्छ । पेट र छातीमा जलेको महसुस भएमा चिसो दूध पिउन सकिन्छ ।

जिराको पानीको सेवन पनि पेटको समस्यामा धेरै लाभदायक हुन्छ । जिरालाई पानीमा उमालेर पिउँदा एसिडिटीको समस्याबाट लाभ पाइन्छ ।

अमलालाई एक घरेलु पाचन उपाय मानिन्छ । एसिडिटीमा कालो नुनको साथमा अमलाको सेवन गर्नु प्रभावकारी हुन्छ ।

चिसो, खोकी वा पाचन समस्या भएमा अदुवाको प्रयोग एक प्रभावकारी उपचार हो । यसलाई पानीमा उमालेर पिउनाले, वा कालो नुन मिसाएर एउटा टुक्रा अदुवा चुस्नाले एसिडिटीबाट छिटो लाभ पाइन्छ ।

सौँफको सेवनले खानालाई पचाउनका लागि साथै एसिडिटी हटाउन सहयोगी भूमिका निर्वाह गर्छ । सौँफ चिसो हुन्छ जसले पेटमा चिसो गराई एसिडिटीबाट राहत प्रदान गर्छ ।

jackson ribon