birat ribon

आज एक सय ५७ कोरोना सङ्क्रमित थपिए

Neuro
आज एक सय ५७ कोरोना सङ्क्रमित थपिए

विराटनगर । देशभर शुक्रबार एक सय ५७ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप एक सय ५७ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

Padelux insider
cura insider

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार सात सय ४५ पुगेको छ ।

नेपालमा आज थप तीन सय ३३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६५ हजार छ सय ९८ पुगेको छ ।

हाल तीन हजार २२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

आज थप पाँच जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार २५ पुगेको छ ।

jackson ribon