birat ribon

निर्वाचन आयोगको छलफलमा दुवै पक्षका नेताहरू

Neuro
निर्वाचन आयोगको छलफलमा दुवै पक्षका नेताहरू

काठमाडौँ/शुक्रबार निर्वाचन आयोगले बोलाएको छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल दुवै पक्ष सहभागी भएका छन् । नेकपाका दुवै पक्षबाट दोस्रो तहका नेताहरूको छलफलमा सहभागिता रहेको थियो ।

Padelux insider
cura insider

छलफलमा ओली पक्षका नेताहरूले दल दर्ताको प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका थिए । छलफलमा सहभागी हुँदै नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन गर्नुको विकल्प नभएको भन्दै तदारुकताका साथ दल दर्ताको काम अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको बताए ।

उनले निर्वाचन आयोगले ढिलो नगरी काम अगाडि बढाउनुपर्ने भन्दै निर्वाचनको काममा आफूहरूको सहयोग र समर्थन रहने पनि बताए । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीको सम्बन्धमा हालसम्म गरेका कामको विषयमा छलफल गर्न भनी शुक्रबार नेकपाको दुवै पक्षलाई बोलाएको थियो ।

ओली पक्षको तर्फबाट नेकपा नेता सुवासचन्द्र नेम्वाङ र मन्त्रीद्वय विष्णुप्रसाद पौडेल र कृष्णगोपाल श्रेष्ठ उपस्थित थिए । आयोगसँगको छलफल पछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने कुरा निर्वाचन आयोगमा राखिएको जानकारी दिए । आयोगले

निर्वाचनसम्बन्धी तयारी गर्न ढिला गर्नु नहुने उनको भनाइ छ । नेम्वाङले नेकपा आधिकारिकताको विवाद निर्वाचन आयोगले टुङ्ग्याइसकेको पनि बताए ।

प्रचण्ड–नेपाल पक्षले भने छलफलमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल उपस्थित हुन चाहे पनि उपत्यकाबाहिर भएका कारण उपस्थित हुन नसकेकोले माघ १८ गतेपछि छलफल राख्न औपचारिक पत्र पठाएको थियो । नेताहरू राजेन्द्र पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान आयोग पुगेर पत्र बुझाएका थिए ।

सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै नेता राजेन्द्र पाण्डेले अध्यक्षद्वयको सहभागिता हुन नसकेका कारण पछि छलफल राख्न आग्रह गरिएको बताए । नेकपा आधिकारिकताको सम्बन्धमा विवाद भइरहेका बेला विवाद निरुपण नगरी दल दर्ताको सूचना निकाल्न नहुने उनको भनाइ छ । आयोगले निर्वाचन गराउने उद्देश्य नराखेको उनले बताए । निर्वाचन आयोगले निधारमा कालो धब्बा लगाउने प्रकारको काम गरेको उनले टिप्पणी गरे ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले नेकपाको दुवै पक्षले निर्वाचन आयोगसमक्ष आधिकारिकताको निम्ति दाबी पेस नगरेको बताए । आयोगले निर्वाचनको तयारी गरिरहेको उनको भनाइ छ ।

निर्वाचन आयुक्त पौड्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकताबारे निर्वाचन आयोगले कुनै पनि निर्णय नगरेको पनि बताए ।

jackson ribon