birat ribon

केपी ओली बेइमान रहेछन् : प्रचण्ड

Neuro
केपी ओली बेइमान रहेछन् : प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली बेइमान भएको बताएका छन् । शुक्रबार विराटनगरमा प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित भेलालाई सम्बोधन गर्नेक्रममा प्रचण्डले पार्टी एकता गर्दाताका शर्त बिर्सिएको बताउँदै ओली बेइमान र धूर्त रहेको बताए ।

Padelux insider
cura insider

‘म फेरि पनि दोहोर्‍याउन चाहन्छु, मेरै प्रस्तावमा पार्टी एकता भएको हो’, उनले भने, ‘तर तीन वर्ष पुग्दा–नपुग्दै पार्टी दुई भयो । एकता गर्दा आलो–पालो अध्यक्ष बन्ने र प्रधानमन्त्री आलो–पालो बन्ने भन्नु शर्त बिर्सिनुभयो । त्यसमा उहाँको पनि हस्ताक्षर छ । तर उहाँ बेइमान निस्किनुभयो, धूर्त निस्किनु भयो ।’

ओलीले मात्रै संसद् भङ्ग गरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘ओली खलनायक भएर निस्किनुभयो । उहाँ प्रतिक्रान्तिहरूको गोटी बन्नुभयो । सामन्तवादी, पूँजीपति र दलालसमक्ष लम्पसार पर्नुभयो र संसद् भङ्ग गर्नुभयो । तर उहाँको संसद् भङ्ग भएको हो, उहाँको सरकार भङ्ग भएको हो देशको होइन ।’

jackson ribon