काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ । शुक्रबार आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई १०–० ले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जिताउन शर्मिला थापा र रश्मी घिसिङले समान ४–४ गोल गर्दा विमला चौधरी र सपना लामाले एक–एक गोल गरिन् ।
जितसँगै आर्मीले चार खेलमा सात अङ्क जोडेको छ । साथै ऊ लिगको दोस्रो स्थानमा उक्लिएको छ । चन्द्रपुर भने समान खेलमा तीन अङ्क जोडेर लिगको छैटौं स्थानमा छ ।