birat ribon

केपी ओलीले वास्तविक नेकपा हेर्न सडकतिर नजर लगाए हुन्छ : वरिष्ठ नेता खनाल

Neuro
केपी ओलीले वास्तविक नेकपा हेर्न सडकतिर नजर लगाए हुन्छ : वरिष्ठ नेता खनाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले वास्तविक नेकपा हेर्न सडकमा आउनुपर्ने बताएका छन् । विराटनगरमा प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता खनालले वास्तविक नेकपा हेर्न प्रधानमन्त्री केपी शर्मा ओली सडकमा आउनुपर्ने बताए ।

Padelux insider
cura insider

संसद् विघटन गरेर केपी ओलीले राष्ट्रमाथि घात गरेको बताउँदै उनले भने, ‘केपी ओली भ्रस्मासुर भएर निस्किनुभयो । संसद् विघटन गरेर ओलीले राष्ट्रमाथि घात गर्नुभयो ।’ उनले विश्वास गरेर पदमा राखेका ओली प्रतिगामी र विश्वासघाती निस्किएको बताए ।

‘वास्तविक नेकपा हेर्न टिभीमा फुकेर हुँदैन । सडकमा उत्रिनुपर्छ,’ उनले भने, ‘आज सडकमा लागेको यो भीड हो, नेकपा । अहिले कुन आधिकारिक नेकपा हो भन्ने प्रश्न उठेको छ । म भन्न चाहन्छु हामी आधिकारिक नेकपा हौँ । र यसको अध्यक्ष प्रचण्ड, माधव नेपाल र हामी हौँ ।’

यसैगरी उनले आफूहरूसँग केन्द्रीय कमिटीमा, स्थायी कमिटीमा दुईतिहार सदस्य भएको उल्लेख गर्दै वास्तविक नेकपा आफ्नो समूह भएको बताए । ‘केपी ओलीले पार्टी फुटाएर फुट्ने होइन । नेकपा फुटेको पनि छैन । यहाँबाट केही मान्छे निस्किए भन्दैमा नेकपा टुक्रिएको भन्ने नठानौं । सत्ताको लोभमा र पैसाको लोभमा कोही जाँदैमा पार्टी फुट्छ भन्ने पनि नठानाैं । बालुवाटारमा गुट बैठक बस्दैमा नेकपा भइन्छ भन्ने पनि छैन,’ उनले थपे ।

jackson ribon