birat ribon

प्रचण्ड–माधव समूहको विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा

Neuro
प्रचण्ड–माधव समूहको विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी युनियनले प्रतिनिधि सभा विघटनको विरुद्धमा तेस्रो चरणका सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरेको हो । युनियनले सरकारको कदम नसच्चिँदासम्म आन्दोलनलाई निरन्तरता दिने र सम्पूर्ण विद्यार्थीहरूलाई सहभागिता जनाउन अपिलसमेत गरेको छ ।

Padelux insider
cura insider

माघ १६ गते सहिद पार्कमा श्रद्धाञ्जली सभा गर्ने, माघ १८ र १९ गते स्थानीय तहको सरकारलाई ज्ञापनपत्र पेस गर्ने, माघ २९ गते सुरक्षा प्रमुख, संवैधानिक निकाय र कर्मचारी प्रशासनलाई प्रतिगामी सरकारलाई भद्र अवज्ञा गर्न सार्वजनिक अपिल गर्ने, मन्त्रीहरूलाई सार्वजनिक बहिस्कार गर्ने, मन्त्रीहरूका गाडी चल्न नदिनेलगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

यस्तै माघ २१ गते सबै क्याम्पसअगाडि कालो झण्डासहित ३० मिनेट चक्काजाम गर्ने, माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका सवारी साधन निषेध गर्ने र युवा मार्च गर्ने, माघ २५ गते प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउनेलगायतका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

यस्तै कोभिड विरुद्धको खोप शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई प्राथमिकतामा राखी शैक्षिक संस्था सुचारु गर्नुपर्नेलगायतका माग पनि युनियनले राखेको छ । लिपुलेक, लिम्पियाधुरासहितको नक्सा भएको पाठ्यपुस्तक सार्वजनिक गरी अध्ययन सुचारु गर्न दबाबमूलक कार्यक्रम गर्ने, कोभिडका कारण समस्यामा परेका विद्यार्थीहरूलाई निःशुल्क अध्ययन गर्ने वातावरण गराउन दबाब दिने, अहिलेसम्मको शुल्क मिनाह गर्न र लिएको शुल्क फिर्ता गर्न दबाब दिने, शुल्क नतिर्न विद्यार्थी र अभिभावकलाई आग्रह गर्नेलगायतका माग राखेर विरोध प्रदर्शन घोषणा गरेको छ ।

jackson ribon