birat ribon

केपी ओलीबाट संविधानको घाँटी रेट्ने काम भयो : माधव नेपाल

Neuro
केपी ओलीबाट संविधानको घाँटी रेट्ने काम भयो : माधव नेपाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधानको घाँटी रेट्ने काम भएको बताएका छन् ।

Padelux insider
cura insider

शुक्रबार विराटनगरमा आयोजित बृहत्त शक्ति प्रदर्शन कार्यक्रममा नेपालले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको घाँटी रेट्ने काम गरेको बताएका हुन् ।

ओलीको कमदविरुद्ध आफूहरू मात्र नभएर सिङ्गो देश विरोधमा उत्रिएको उनले बताए । ‘अहिले आन्दोलनले विस्तारै एउटा आकार लिएको छ । केपी ओलीको कदमविरुद्ध हामी मात्र होइन सिङ्गो देश विरोधमा उत्रिएको छ । पत्रकारहरू उत्रिएका छन्, नागरिक समाज विरोधमा छ, आम सर्वसाधारणले पनि विरोध गरेका छन्’, उनले भने ।

jackson ribon