birat ribon

सुनकोसी डाइभर्सनपीडित स्थानीय माझी समुदाय आन्दोलनमा

Neuro
सुनकोसी डाइभर्सनपीडित स्थानीय माझी समुदाय आन्दोलनमा

रामेछाप/सुनकोसी मरिन डाइभर्सन आयोजनास्थलका स्थानीय माझी बस्ती आन्दोलित भएका छन् । सरकारले महत्त्वपूर्ण आयोजना भन्दै अगाडि बढाएको सुनकोसी मरिन डाइभर्सन आयोजनाले स्थानीय प्रभावित जनतासँग जग्गा अधिग्रहण मुआब्जा जस्ता विषयमा छलफल नगरेको भन्दै स्थानीय माझीहरू आन्दोलित भएका हुन् ।

Padelux insider
cura insider

रामेछाप सिन्धुलीका प्रभावित क्षेत्रका जनताले हक रक्षा गरिदिन शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् । आयोजनाले स्थानीय आदिवासीको धार्मिक सांस्कृतिक पक्षलाई बेवास्ता गर्दै निर्माण कार्य अगाडि बढाएको भन्दै स्थानीयहरू लामो समयदेखि आन्दोलित भएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दर्ता गराउन आएका आदिवासी माझीहरूले सरकारले स्थानीयको मागलाई बेवास्ता गरेर आयोजना अगाडि बढाउन नसक्ने बताएका छन् ।

सरकारले प्रभावित क्षेत्रका माझी समुदायसँग समुदायको स्वतन्त्र अग्रिम र सूचित मन्जुरी लिएर मात्र काम अगाडि बढाउन पनि माग गरेका छन् । आयोजना कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि १६९ अनुसार आदिवासी जनजाति हित सम्बद्ध अन्तर्राष्ट्रिय सम्झौता पालना गर्न पनि माग गरेका छन् ।

jackson ribon