birat ribon

पिएम कप : उपाधिका लागि आर्मी र एपिएफ भिड्ने

Neuro
पिएम कप : उपाधिका लागि आर्मी र एपिएफ भिड्ने

विराटनगर । काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपिएफबीच स्पर्धा हुने भएको छ ।

Padelux insider
cura insider

उपाधिका लागि आर्मी र एपिएफ शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा भिड्नेछन् । उपाधि भिडन्त बिहान ९ बजे सुरु हुनेछ । जसमा आर्मी र एपिएफ दुवै उपाधि आफ्नो बनाउने लक्ष्यमा हुनेछन् ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा वागमती प्रदेशलाई ९४ रनले हराउँदै आर्मीले फाइनलमा स्थान बनाएको हो । त्रिभुवन आर्मीले लगातार तेस्रो पटक प्रधानमन्त्री कप क्रिकेटको फाइनलसम्मको यात्रा तय गरेको हो ।

त्यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुसिल क्लबमाथि ३० रनको जित निकाल्दै एपिएफ उपाधि नजिक पुगेको हो ।

पिएम कपको चार संस्करण सकिनै लाग्दा आर्मी र एपिएफबीच तीन पटक स्पर्धा भएको छ । जसमा एपीएफ बलियो देखिएको छ ।

यस संस्करणमा पनि एपिएफ बलियो देखिएको छ । ऊ अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो । आर्मी भने समूह चरणको खेलमा एपिएफसँगै पराजित भएको थियो । अरू खेलमा भने उसले हार ब्यहोरेको छैन ।

jackson ribon