विराटनगर । श्रीलङ्काली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख चयनकर्ता असन्था डे मेलले पदबाट राजीनामा दिएका छन् । इङ्ग्ल्याण्डविरुद्धको दुई खेलको टेष्ट श्रृङ्खलामा घरेलु मैदानमै पराजित भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको बुझिएको छ ।
तथापि, उनले इङ्ग्ल्याण्डविरुद्धको श्रृङ्खलाअघि नै आफूले चयनकर्ताबाट राजीनामा दिने सोच बनाएको बताएका थिए ।
उनले श्रीलङ्काली क्रिकेट टोलीको व्यवस्थापक पदबाट समेत राजीनामा गदिएका छन् । उनी सन् २०१८ को नोभेम्बरयता उक्त भूमिकामा थिए ।