birat ribon

दुई जिल्ला छुने विराटनगर विमानस्थल : स्तरोन्नतिका लागि कित्ताकाट रोकियो

Neuro
दुई जिल्ला छुने विराटनगर विमानस्थल : स्तरोन्नतिका लागि कित्ताकाट रोकियो

विराटनगर । विराटनगर विमानस्थल स्तरोन्नतिका लागि रेखाङ्कनभित्र परेका जग्गाको कित्ताकाट रोकिएको छ । विराटनगर विमानस्थल स्तरोन्नतिका लागि एक सय २६ दशमलव चार विगाह जग्गा अधिग्रहण गरिँदैछ । अधिग्रहणमा पर्ने जग्गाको कित्ताकाट रोकिएको हो ।

Padelux insider
cura insider

विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङमा छलफलपछि रेखाङ्कनभित्र परेका जग्गाको कित्ताकाट रोक्ने निर्णय भएको बताए ।

दुई जिल्लालाई छुने विराटनगर विमानस्थलको रनवे निर्माणका लागि सुनसरी क्षेत्रमा पनि कित्ताकाट रोकिने उनले बताए । अधिग्रहण गर्न लागिएको एक सय २६ दशमलव चार विगाह जग्गामध्ये करिब २८ विगाह जग्गा सुनसरीमा पर्छ ।

विमानस्थल विस्तार गर्दा बस्ती पनि विस्थापित हुनेछ । विराटनगर महानगरपालिकाको वडा नम्बर ४ मा रहेको विमानस्थल विस्तार हुँदा सो वडाका करिब ३ सय घर परिवार विस्थापित हुनेछन् ।

क्षेत्रीय र पछि अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण गर्ने लक्ष्य रहेको विमानस्थलको चारैतिरबाट एक सय २६ दशमलव चार विगाह जमिन अधिग्रहणका लागि सर्भे सम्पन्न भइसकेको छ ।

विमानस्थल विस्तार गर्दा विराटनगर महानगरपालिका–४ र सुनसरीको बर्जु गाउँपालिकासम्म विस्तार हुनेछ । क्षेत्रीयस्तरको निर्माण सम्पन्न हुँदा नेपालको दुई जिल्ला छुने यो एकमात्र विमानस्थल बन्नेछ ।

यसअघि कार्तिक २७ गते विमानस्थल विस्तारका लागि आवश्यक पर्ने एक सय २६ दशमलव चार विगाह जग्गा अधिग्रहण गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । विस्तार हुँदा विमानस्थलको धावनमार्गको लम्बाई दुई हजार पाँच सय मिटर लामो हुनेछ । हालको धावनमार्ग एक हजार पाँच मिटरको छ ।

साविक विमानस्थललाई विस्तारका लागि पूर्वतर्फ सात दशमलव ८३ विगाह, पश्चिमतर्फ ६९ दशमलव १४ विगाह, उत्तरतर्फ ३५ दशमलव ८१ विगाह र दक्षिणतर्फ आठ दशमलव ८७ विगाहा तथा सडकका लागि तीन दशमलव ७० विगाह जग्गा अधिग्रहण गरिनेछ ।

jackson ribon