birat ribon

रोनाल्डो र जर्जिनालाई कारवाही हुनसक्ने

Neuro
रोनाल्डो र जर्जिनालाई कारवाही हुनसक्ने

विराटनगर । इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो र उनकी पत्नि जर्जिना रोड्रिग्वेजमाथि अनुसन्धान थालिएको छ । नियमविपरीत सीमा पार गरी मध्यम जोखिमयुक्त क्षेत्रमा दुई दिन बसेको भन्दै रोनाल्डो र उनकी पत्नि जर्जिनामाथि अनुसन्धान थालिएको अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् ।

Padelux insider
cura insider

इटालियन मिडिया ला गजेट्टो डेल्लो स्पोर्ट्सका अनुसार कोरोनाविरुद्धको स्वास्थ्यसम्बन्धी मापदण्डविपरीत स्थानी प्रहरीको अनुमतिविना मध्यम जोखिमयुक्त क्षेत्रमा बास बसेको भन्दै उनीहरूमाथि अनुसन्धान थालिएको हो ।

अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार कोपा इटालियाअन्तर्गत एसपिएएलसँगको खेलमा अनुपस्थित रहेका रोनाल्डो हिउँ खेल्नका लागि सरकारले ‘ओरेन्ज जोन’ (मध्यम जोखिमयुक्त क्षेत्र) को एक होटलमा दुई दिन बास बसेका थिए । जुन होटल सरकारले आधिकारिक रूपमा बन्द गरेको बताइएको छ ।

इटालियन पत्रिकाले कोरोना महामारीको नियम लतार्दै रोनाल्डो र जर्जिना जन्मदिन मनाउन त्यहाँ पुगेका थिए । जर्जिनाको २७औं जन्मदिन मनाउन पाइडमन्ट र भाल्ले डी–अकोस्टाबीचको सीमा पार गर्दै परिवारसहित रोनाल्डो त्यहाँ पुगेका थिए ।

रोनाल्डोले भाल भेनी क्षेत्रमा दुई दिन बिताएका थिए । सो क्षेत्रलाई सरकार ओरेन्ज जोनमा राखेको खबरमा बताइएको छ ।

रोनाल्डो र जर्जिनाले स्नोमोबाइल कुदाएका थिए जुन भिडियो सामाजिक सञ्जालबाट बाहिरिएको थियो । भिडियो बाहिरिएपछि विवादमा मुछिएका रोनाल्डो र जर्जिनामाथि प्रहरीले अनुसन्धान थालेको पनि जनाइएको छ । यदि, दोषी देखिएको खण्डमा दुवैमाथि कारवाही हुनसक्ने देखिएको छ ।

घुम्न गएका रोनाल्डोले कोपा इटालियाअन्तर्गत एसपिएएलसँको खेल खेलेका थिएनन् । जुन खेलमा युभेन्टसले ४–० गोलको शानदार जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो । अहिले भने रोनाल्डो टोलीको प्रशिक्षणमा पनि फर्किएका छन् ।

jackson ribon