birat ribon

सिसिटिभी फुटेजको आधारमा चोरीमा संलग्न पक्राउ

Neuro
सिसिटिभी फुटेजको आधारमा चोरीमा संलग्न पक्राउ

सुरुङ्गा । इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा संलग्न रहेका आरोपमा अर्जुनधारा नगरपालिका–४ निवासी ४१ वर्षीय विक्रम दनुवारलाई पक्राउ गरेको छ ।

Padelux insider
cura insider

अर्जुनधारा–५ लक्ष्मीपुरका गजेन्द्र कटुवालले सञ्चालन गरेको किराना पसलबाट पैसा चोरी गरेका आरोपमा प्रहरीले दनुवारलाई पक्राउ गरेको हो ।

गए राति उनले पसलबाट पैसा चोरी गरेको र सिसीटिभी फुटेजका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनका साथबाट प्रहरीले रु एक लाख ४८ हजार ६६५ र भारु एक हजार ५०० बरामद गरेको छ ।

jackson ribon