birat ribon

सुदर्शन थापाको गुनासो : कुनै ठाउँलाई फिल्मले चिनायो भनेर धन्यवाद पनि पाइएन

Neuro
सुदर्शन थापाको गुनासो : कुनै ठाउँलाई फिल्मले चिनायो भनेर धन्यवाद पनि पाइएन

काठमाडौं । निर्देशक सुदर्शन थापाले कुनै पनि स्थानलाई सिनेमाको माध्यमबाट चलचित्रकर्मीले चिनाउँदा धन्यवादसमेत नपाएको गुनासो गरेका छन् । मङ्गलबार कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित सुन्दर घान्द्रुक गाउँमा चलचित्र पत्रकार सङ्घ नेपाल, कास्की शाखाको आयोजनामा भएको ‘सिनेमा संवाद् एवं घान्द्रुक’ कार्यक्रममा बोल्दै निर्देशक थापाले यस्तो गुनासो गरेका हुन् ।

Padelux insider
cura insider

यसैगरी कोरोना महामारीपछि अत्यन्तै प्रभावित क्षेत्रमध्ये सिनेमा र पर्यटन दुवै पर्छन् । ‘सिनेमा टुरिज्मः सम्बन्ध र सम्भावना’ शीर्षकमा बोल्दै निर्देशक थापाले भने । निर्देशक थापाले कोभिडले सम्पूर्ण क्षेत्रलाई असर गरेको बताउँदै सिनेमा र पर्यटन दुवै क्षेत्र अति प्रभावित भएको बताए । उनले भने, ‘पर्यटन र सिनेमा एकदमै जोडिएको विषय हो । सिनेमा छायाङ्कनका लागि विभिन्न ठाउँमा पुगिन्छ । म पनि १२ वर्षअघि घान्द्रुक आएको थिएँ ।’

आफू १२ वर्षअघि ‘मेरो एउटा साथी छ’ फिल्म सुटिङका लागि नयाँपुलदेखि खच्चरमा सामान बोकाएर घान्द्रुक आएको स्मरण गर्दै उनले भने, ‘सिनेमाले पर्यटनलाई सहयोग त गर्छ नै । तर कुनै ठाउँमा छायाङ्कन सकेपछि फिल्मले त्यस ठाउँलाई थप चिनाउन सहयोग पुर्‍याएको भनी धन्यवादसमेत पाएका छैनौं ।’

jackson ribon