birat ribon

केनले केही साता मैदानबाहिर बस्नुपर्ने

Neuro
केनले केही साता मैदानबाहिर बस्नुपर्ने

विराटनगर । इङ्ग्लिस क्लब टोटनह्याम हटस्परका कप्तान ह्यारी केनले केही साता मैदानबाहिर बस्नुपर्ने भएको छ । प्रशिक्षक जोसे मौरिन्होले कप्तान केनले चोटका कारण केही साता मैदानबाहिर बस्नुपर्ने पुष्टि गरेका हुन् ।

Padelux insider
cura insider

इङ्ग्ल्याण्डका कप्तान केन प्रिमियर लिगअन्चर्गत लिभरपुलसँगको खेलका क्रममा घाइते भएका थिए । टोटनह्यामको मैदानमा भएको सो खेलमा घरेलु टोली ३–१ गोलले पराजित भएको थियो ।

खेलको ४५औं मिनेटमा लिभरपुलका जोर्डन हेन्डरसनसँग जुध्न पुग्दा उनको देब्रे खुट्टाको एन्कलमा चोट लागेको थियो । फेरि लिभरपुलका थियागो अल्कान्टाराको ट्याकलमा उनको दाहिने खुट्टाको एन्कलमा चोट लागेको हो । चोटका कारण उनी ४६औं मिनेटमा मैदान छोड्न बाध्य भएका थिए ।

‘दुवै खुट्टाको एन्कलमा चोट छ । पहिलो ट्याकल खराब थियो । दोस्रोको बारेमा म राम्ररी जान्दिँन । तर दुवै खुट्टामा चोट बोकेका उनी केही साता मैदानबाहिर रहनेछन् । यहाँका केही खेलाडीले उनको स्थान लिनेछन्,’ उनले भने ।

jackson ribon