birat ribon

अमेरिकी कम्पनी नोभाभ्याक्सको खोप ८९ प्रतिशत प्रभावकारी

Neuro
अमेरिकी कम्पनी नोभाभ्याक्सको खोप ८९ प्रतिशत प्रभावकारी

विराटनगर/अमेरिकी वायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सको कोभिड–१९ विरुद्धको खोप ८९ प्रतिशत सुरक्षित देखिएको छ । परीक्षणका क्रममा रहेको खोपले सङ्क्रमणविरुद्ध ८९ प्रतिशत सुरक्षा प्रदान गर्न सकिने देखाएको कम्पनीले जनाएको छ ।

Padelux insider
cura insider

बेलायतमा १५ हजारमा गरिएको परीक्षणमा कोभिड–१९ बाट जोगाउनका लागि ८९.३ प्रतिशत प्रभावकारी देखिएको थियो । खोपको तेस्रो चरणको परीक्षणमा १८ देखि ८४ वर्ष उमेर समूहकालाई सहभागी गराइएको थियो ।

जसमध्ये २७ प्रतिशत ६५ वर्षभन्दा बढी उमेर समूहका रहेको नोभाभ्याक्सले जनाएको छ । यो खोपले नयाँ प्रकारको भाइरसबाट समेत सुरक्षित राख्ने बताइएको छ । नयाँ भिन्न प्रकारको सङ्क्रामक भाइरस पाइएको दक्षिण अफ्रिकामा गरिएको सानो परीक्षणमा खोप एचआइभी नभएका मानिसमा ६० प्रतिशत प्रभावकारी देखिएको छ ।

नोभाभ्याक्स खोपलाई फ्रिजको नियमित तापक्रममा समेत भण्डारण गर्न सकिनेछ । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोपपछि नोभाभ्याक्स यूकेमा ठूलो मात्रामा परीक्षण गरिएको दोस्रो खोप हो । बेलायतले आफ्नै देशको स्टकटन अनन्टिज सहरमा उत्पादन गरिने खोपको ६ करोड मात्रा सुनिश्चित गरिसकेको छ ।

प्रयोगका लागि अनुमति पाइएको खण्डमा सन् २०२१ को दोस्रो अर्धवार्षिक अवधिमा खोप उपलब्ध हुने अपेक्षा गरिएको छ ।

jackson ribon