birat ribon

राष्ट्रको दीगो विकासमा सुदृढ र एकजुट भएर लाग्न प्रदेश प्रमुख ‘प्यासी’को आग्रह

Neuro
राष्ट्रको दीगो विकासमा सुदृढ र एकजुट भएर लाग्न प्रदेश प्रमुख ‘प्यासी’को आग्रह

विराटनगर । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले देश, जनता, राष्ट्र, राष्ट्रियताको सम्मानका लागि सहादत प्राप्त गर्ने वीर सहिदहरूप्रति हार्दिक सम्मान व्यक्त गरेका छन् ।

Padelux insider
cura insider

शुक्रबार सहिद दिवसका अवसरमा शुकामना सन्देश जारी गर्दै उनले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राख्न राष्ट्रियहित, लोकतान्त्रिक गणतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गरेको ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गरेका हुन् ।

सन्देशमा उनले देशमा राजनीतिक सहमतिमार्फत दीगो शान्ति स्थापना गर्दै देश विकासमा जुट्न सकेमा सबै किसिमका विभेदको अन्त्य गर्न सकेमा सहिदहरूप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने बताउँदै राष्ट्रको सम्मुन्नत दीगो विकासमा अझ सुदृढ र एकजुट भएर लाग्न आम जनसमुदायमा अनुरोध गरेका छन् ।

jackson ribon