birat ribon

निफ्राको आइपिओ बाँडफाँट, योग्य आवदेक सबैले हात पारे सेयर

Neuro
निफ्राको आइपिओ बाँडफाँट, योग्य आवदेक सबैले हात पारे सेयर

काठमाडौं । नेपालको सेयर बजारकै इतिहासमा सबैभन्दा ठूलो परिमाणको साधारण सेयरका रूपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आइपिओ बाँडफाँट भएको छ ।

Padelux insider
cura insider

गत २ माघबाट बैंकले आठ अर्ब रुपैयाँ बराबरको आठ करोड कित्ता धितोपत्र प्रारम्भिक निष्कासनको बिक्री थालेको थियो । बैंकले सर्वसाधारण समूहतर्फको ८ करोड कित्ता आइपिओ छिटोमा माघ ६ गतेसम्म निष्काशन गरेको थियो ।

बैंकले नेपालकै इतिहासमा सर्वाधिक प्राथमिक शेयर निष्काशन गरेको थियो । निफ्राको आइपिओ निष्काशन तथा बिक्री प्रवन्धको जिम्मेवारी पाएको एनआइबीएल एस क्यापिटलका अनुसार१४ लाख ७५ हजार ८० वटा योग्य आवेदन परेको छ । जसमध्ये योग्य आवेदकहरू सबैले सेयर हात पारेका छन् । तथापि, छ हजारभन्दा धेरैको आइपिओ आवेदन रद्द भएको छ ।

योग्य आवेदकमध्ये चार लाख ९२ हजार ७२ जनाले ६० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी सबै योग्य आवेदकलाई ५० कित्ताका दरले सेयर परेको छ । आइपिओमा मागभन्दा २ दशमलव ३९ गुणा बढीको आवेदन परेको थियो ।

jackson ribon