birat ribon

काँकडभिट्टा सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

Neuro
काँकडभिट्टा सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

झापा । निर्माण सम्पन्न भएको ११ वर्षपछि नेपालको पूर्वी सीमानाका काँकडभिट्टास्थित सुख्खा बन्दरगाहको सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धामार्फत ट्रान्स नेपाल फ्रेट सर्भिस प्रालिलाई उक्त बन्दरगाह सञ्चालनको जिम्मेवारी दिइएको हो ।

Padelux insider
cura insider

सो कम्पनीले पाँच वर्षको सञ्चालनबापत समितिलाई १३ करोड २३ लाख रुपैयाँ भुक्तानी गर्नेगरी बोलपत्र प्रस्ताव गरेको थियो । सो कम्पनीको सम्झौता १ फागुगदेखि लागू हुनेछ । उक्त बोलपत्र प्रक्रियामा पाँच वटा कम्पनीले सहभागिता जनाएका थिए ।

जसमा विराटनगरको ट्रान्स नेपालका अतिरिक्त काठमाडौंको एटलस एलाइड जेभी, काठमाडौंकै नेपाल ट्रान्जिट एण्ड वायरहाउजिङ कम्पनी, वीरगञ्जको प्रिस्टाइन भ्याली ड्राइपोर्ट जेभी र कोलकत्ताको अपना हाइवे जेभी सहभागी थिए ।

यो बन्दरगाह नेपाल र बङ्गलादेशबीचको व्यापारका लागि सबैभन्दा नजिकको बन्दरगाह हो । एशियाली विकास बैंकको ३९ करोड ३० लाख रुपैयाँ ऋण सहयोगमा निर्माण भएको उक्त बन्दरगाह सन् २०१० देखि सञ्चालनमा छ ।

हालसम्म पटक–पटक प्रयास भएर पनि सञ्चालक कम्पनी छनौट हुन नसकेपछि सुरुदेखि नै यो ड्राइपोर्ट सञ्चालनको जिम्मा समिति आफैँले गर्दै आएको थियो ।

jackson ribon