birat ribon

महिला लिग : आर्मी र चन्द्रपुर भिड्दै

Neuro
महिला लिग : आर्मी र चन्द्रपुर भिड्दै

विराटनगर । काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा आज विभागीय टोली त्रिभुवन आर्मी क्लबले रौतहटको चन्द्रपुर नगरपालिकासँग खेल्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने उक्त खेल दिउँसो २ बजे सुरु हुनेछ ।

Padelux insider
cura insider

यस खेलमा आर्मी दोस्रो जितको खोजीमा छ । आर्मी तीन खेलमा चार अङ्क जोडेर पाँचौं स्थानमा छ । यस्तै चन्द्रपुर तीन अङ्क जोडेर लिगको छैटौं स्थानमा छ । चन्द्रपुर पनि आज दोस्रो जित निकाल्ने योजनामा छ ।

jackson ribon