birat ribon

नेकपाको दुवै पक्षसँग आयोगले छलफल गर्दै

Neuro
नेकपाको दुवै पक्षसँग आयोगले छलफल गर्दै

विराटनगर । निर्वाचन आयोगले विभाजित बनेको सत्तारुढ नेकपाको दुवै समूहसँग आज (शुक्रबार) छलफल गर्दै छ ।

Padelux insider
cura insider

छलफलका लागि यसअघि नै आयोगले नेकपाको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल एवं माधवकुमार नेपाल समूहलाई बोलाइसकेको छ । निर्वाचन तयारीका लागि आयोगले छलफल गर्नआज बिहान ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोकेका सदस्यलाई बहादुर भवनस्थित कार्यालयमा बोलाएको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेर ५/५ जनाका दरले आयोगमा छलफलका लागि बोलाइएको आयोगले जनाएको छ ।

आयोगले नेकपाको आधिकारिकता विवादभन्दा पनि निर्वाचनका विषयमा छलफल हुने जनाएको छ । यसअघि नेकपाका दुवै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार अद्यावधिक गर्न आयोगलाई पत्र पठाएका थिए ।

तर आयोगले ओली पक्षले थप गरेर बनाएको १५ सय सदस्यीय केन्द्रीय समिति र ओलीलाई कारबाही गर्ने प्रचण्ड–नेपाल पक्षको निर्णयलाई अस्वीकार गरिदिएको थियो । आयोगले विधानअनुसार चार सय ४१ जना केन्द्रीय सदस्य रहेको तथा ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा नै आधिकारिक भएको निष्कर्ष दिएको छ । अयोगको निर्णयलाई नेकपाका दुवै समूहले आफ्नो जितको रुपमा अर्थ लगाएका छन् ।

jackson ribon