birat ribon

नेतालाई सुथनीको मतलब !

Neuro
नेतालाई सुथनीको मतलब !

कन्टिर–बाबूलाई बडो नमजा लागिरहेको छ– यता उनी काठमाडौँमा बसेर घाम तापिरहेका छन्, उता मधेसका जनसामान्य शीतलहरको मार खेप्दै छन् । जनजीवन अस्तव्यस्त छ ।

Padelux insider
cura insider

एक साताभन्दा बढी भइसक्यो मधेसका अधिकतर जिल्लामा शीतलहरको कहर छ । मधेसका गाउँ–गाउँमा बिहान, दिउँसो, बेलुका जुनसुकै बेला घुर बलिरहेको देख्न सकिन्छ । घुरवरिपरि वृद्ध, युवा, बालबालिका झुम्मिएको देखिनु आम भइसकेको छ । तर जिम्मेवार लाउकेहरूको ध्यान त्यसतर्फ जान नसकेको देखेर कन्टिर–बाबू आहत छन् ।

तर कन्टिर–बाबू आहत भएर के गर्नु ? आखिर उनी राज्य होइनन्, चाहेर पनि सोचेको जस्तो गर्न सक्दैनन् । यता जो सक्नेवाला छन्, उनीहरूलाई भने मतलब छैन । राज्य त त्यसै पनि उदासीन छ ।

हुने–खानेलाई त समस्या भएन, उनीहरू हिटर जलाउलान्, मोटो–मोटो फाइबरिया सिरक खप्ट्याउलान् । त्यतिले नपुगे तातो–पानी मिसाएर नानाथरि चखनाका साथ चिसोपानी घुट्क्याउलान् । तर सामान्य–व्यक्ति नि … उसको त बेहाल छ ।

कन्टिर–बाबू भन्छन्, प्रशासनका मान्छे केही क्विन्टल दाउरा वितरण गरेर आगो सल्काउँदैमा जिम्मेबारीबाट उन्मुक्ति मिल्ने ठान्छन्, त्यस्तै प्रयासमा देखिन्छन् । नेताहरू वर्तमान राजनीतिक जटीलताको उपस्थिति दर्शाउँदै स्थानीय जनताका हक–अधिकार सुरक्षित गर्ने अन्त्यहीन बहसमा तल्लिन छन् । हुनेखानेहरू घाम खोज्दै पहाड उक्लिरहेका छन् । तिनमा नेता भनाउँदाको सङ्ंख्या सबैभन्दा बढी भएको कन्टिर–बाबूको ठहर छ ।

उता मधेसमा चिसोबाट कठ्याङ्ग्रिएर समस्या भोग्नेको सङ्ख्या दिनहुँ बढिरहेको छ ।
अरे यार जब नेता र तिनका परिवारलाई काठमाडौँमा घाम ताप्न पुगेकै छ भने उनीहरूलाई तराईको चिसोबारे सुथनीको मतलब ! उनीहरूलाई त खाली भोट भए भइहाल्यो । जे भए पनि भोटका बेलामा आइहाल्छन् । यत्रो कोरोना महामारी र शीतलहरको कहरबीच पनि दलका झोलेहरू बोलाउनासाथ ‘यस सर !’ भन्दै हाजिर हुने जनता भएपछि नेताहरू ढुक्कराम नहुन् पनि किन ?

आखिर कन्टिर–बाबूलाई जस्तै नेतालाई पनि राम्ररी थाहा छ, कहाँ जाला मछरी मेरै ढडिया !

त्यसबाहेक यतिबेला नेताहरूले लोकतन्त्र र सङ्घीयताको रक्षा नामक राजनीतिक मसला पाएका छन्, उनीहरू यही मसलालाई तताएर चिसो भगाउने पूरापूर प्रयत्नमा छन् । बाहिर घुर बलेकै छ, कसैको घरमा चुलो बलोस् कि नबलोस् !

jackson ribon