birat ribon

राष्ट्रपति, प्रधानमन्त्री र नेताबाट सहिद दिवसको शुभकामना

Neuro
राष्ट्रपति, प्रधानमन्त्री र नेताबाट सहिद दिवसको शुभकामना

विराटनगर । सहिद दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र विभिन्न दलका नेताहरुले आज (शुक्रबार) शुभकामना व्यक्त गरेका छन् ।

Padelux insider
cura insider

शुभकामना व्यक्त गर्दै उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । त्यस्तै दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै सहिददप्रति सच्चा श्रद्धाञ्जली हुने उनीहरुको विश्वास छ ।

भण्डारीले सहिदको बलिदानद्वारा प्राप्त भएको मुलुकको पछिल्लो उपलब्धीको संरक्षणमा जोड दिएकी छन् । उनले विभिन्न राजनीतिक घटनाक्रमपछिको उपलब्धी रक्षाका लागि सबैलाई एकजुट हुन आग्रह पनि गरेकी छन् ।

प्रधानमन्त्री ओलीले सहिदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने उल्लेख गरेका छन् । सहिदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेको उनको भनाइ छ ।

सहिद दिवसका अवसरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाको दाहाल र नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले सहिदको त्याग र बलिदानीबाट प्राप्त लोकतन्त्रको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गरेका छन् । उनीहरुले मुलुकले हाँसिल गरेको उपलब्धी रक्षाका लागि सबैले आआफ्नो ठाउँबाट प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

jackson ribon