birat ribon

विराटनगरमा आज दाहाल–नेपाल समूहको शक्ति प्रर्दशन

Neuro
विराटनगरमा आज दाहाल–नेपाल समूहको शक्ति प्रर्दशन

विराटनगर । संसद (प्रतिनिधिसभा) विघटनको विरोधमा आन्दोलनरत नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले प्रदेश १ को राजधानी विराटनगरमा आज (शुक्रबार) वृहद शक्ति प्रदर्शन गर्दै छ ।

Padelux insider
cura insider

मध्यान्ह १२ बजेबाट प्रदर्शन सुरु हुने बताइएको छ । विराटनगरको बरगाछी, तीनपैनी, रोडशेष चोक र हाटखोलाबाट एकैसाथ सुरु हुने प्रदर्शन जनआन्दोलन चोकमा पुगेर विरोध सभामा परिणत हुने नेकपा दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य महेश रेग्मीले जानकारी दिए । उनकाअनुसार सभामा अध्यक्षहरु दाहाल र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता योगेश भट्टराई लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेर आलोच्य कदम चालेपछि त्यसको विरोधमा उनकै दल नेकपाको दाहाल–नेपाल समूह आन्दोलित छ । संसद विघटनपछि प्रदेश १ को राजधानीमा सबैभन्दा ठूलो विरोध प्रदर्शन गर्न लागिएको जानकारी रेग्मीले दिए । उनकाअनुसार प्रदर्शनमा ६० हजार हाराहारीमा कार्यकर्ता उतार्ने योजना छ ।

योजनाअनुसार सबै तयारी पूरा भइसकेको रेग्मीले बताए । उनले प्रधानमन्त्रीको असंवैधानिक कदम र प्रतिगमनविरुद्ध उत्रन कार्यकर्तालाई आग्रह पनि गरेका छन् । विरोध प्रदर्शनकै लागि गाउँगाउँबाट नेकपा कार्यकर्ता विराटनगर आउन थालेका छन् ।

कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल र नेता खनाल बिहीबार नै विराटनगर आइपुगेका छन् । अर्का अध्यक्ष दाहाल शुक्रबार बिहान आउने कार्यक्रम तय भएको रेग्मीले बताए । उनले असंवैधानिक कदमविरुद्ध उत्रिएर जसरी पनि सडकबाटै विघटित प्रतिनिधिसभा पुर्नस्थापना गर्ने गरी आन्दोलनलाई उचाई प्रदान गरेर लगिएको बताए ।

jackson ribon