birat ribon

चिनीको मौज्दात सकिन लाग्दा पनि खरिद अनुमति छैन

Neuro
चिनीको मौज्दात सकिन लाग्दा पनि खरिद अनुमति छैन

विराटनगर । चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले थप चिनी खरिदको अनुमति दिइरहेको छैन ।

Padelux insider
cura insider

सरकारी अनुदानको चिनी खरिद तथा विक्रीका जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग मौज्दात सकिन लागेको हो । यस वर्ष नेपाली चिनी उद्योगहरूले उत्पादन गर्ने चिनीको मात्रा कति हुन्छ भन्ने कुरा यकिन नभइसकेकाले खरिद अनुमति दिनमा ढिलाइ भइरहेको बताइएको छ ।

साल्ट ट्रेडिङले दशैं अघि नै ३० हजार टन चिनी खरिदका लागि अनुमति माग्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । तर, अहिलेसम्म साल्टले खरिद अनुमति पाउन सकेको छैन ।

यसअघि चाडपर्वलाई लक्षित गर्दै चिनी खरिद गर्ने क्रममा साल्ट ट्रेडिङले सरकारसँग ५० हजार टन चिनी खरिदका लागि अनुमति मागेकोमा २० हजार टनको मात्र अनुमति पाएको थियो । साल्टसँग यतिबेला एक हजार टन मात्र चिनी मौज्दात रहेको छ । चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले खरिद अनुमति नदिनु दुःखद भएको साल्ट ट्रेडिङका महाप्रबन्धक कुमार राजभण्डारीले बताए ।

चिनीको मौज्दात रित्तिने क्रममा रहेको भएपनि साल्टले खरिद अनुमति पाउन अझै डेढ महीना लाग्न सक्ने बताइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीका अनुसार यति बेला नेपाली चिनी उद्योगहरूले उखु क्रशिङ गरिरहेकाले आन्तरिक उत्पादन कति हुन्छ भन्ने यकिन भइसकेको छैन ।

सरोकारवालाहरूका अनुसार सामान्य अवस्थामा नेपालमा प्रतिमहिना करीब ३० हजार टन चिनीको खपत हुने गर्छ । त्यसैगरी दशैं, तिहार र छठ जस्ता ठूला चाडपर्वका समयमा मात्र ७० हजार टनसम्म चिनीको खपत हुने अनुमान गरिएको छ । नेपाली चिनी उद्योगहरूले वार्षिक एक लाख ८० हजार मेट्रिकटन चिनी उत्पादन गर्ने गरेको सरकारी तथ्यांक छ भने अपुग चिनी भारत लगायत देशबाट आयात गर्ने गरिन्छ । आर्थिक अभियान दैनिकमा समाचार छ

jackson ribon