birat ribon

प्रतिबन्धित वस्तु बजारमा

Neuro
प्रतिबन्धित वस्तु बजारमा

विराटनगर । सरकारले आयातमा १९ महिनाअघि प्रतिबन्ध लगाएको इनर्जी ड्रिंक्स बजारमा छ्यापछ्याप्ती पाउन थालिएको छ ।

Padelux insider
cura insider

सरकारले २०७६ असार २ मा राजपत्रमा सूचना प्रकाशित गरी इनर्जी ड्रिंक्सको आयातमा रोक लगाएको थियो । विभिन्न व्यावसायिक संघ–संस्थाको आग्रहमा एलसी खोलेर मगाइसकेको सामान भने ल्याउन अनुमति दिएपछि अहिले बजारमा छ्यापछ्याप्ती पाउन थालिएको हो ।

प्रतिबन्धपछिको आर्थिक वर्ष ०७६।७७ मा अघिल्लो वर्षको तुलनामा एक चौथाइमात्र आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। उक्त तथ्यांक प्रतिबन्ध लाग्नुअघि एलसी खोलिसकेको इनर्जी ड्रिंक्सको हो। भारतबाहेक तेस्रो मुलुकबाट चलान भएको सामान नेपाल भित्रिन ३० देखि ४५ दिन लाग्छ। अर्थात् करिब १५ महिनायता विदेशमा उत्पादित इनर्जी ड्रिंक्स एक थोपा पनि आधिकारिक च्यानलबाट आएको छैन।

विभागका अनुसार आव २०७५।०७६ मा दुई अर्ब ३९ करोडको इनर्जी ड्रिंक्स आयात भएकोमा गत आवमा ५३ करोडको मात्र भित्रिएको छ। यो वर्षको पहिलो ६ महिनामा आयात देखिँदैन। आयातमा प्रतिबन्ध भए पनि अहिले बजारमा विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै किन्न पाइन्छ।

१९ महिनाअघि आयातमा प्रतिबन्ध लागिसकेको इनर्जी ड्रिंक्स बजारमा भेटिएको आन्तरिक बजार नियमन गर्ने अख्तियारी पाएको निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदी पनि स्विकार्छन्। ‘अहिलेसम्म विदेशी इनर्जी ड्रिंक्स बजारमा भेटिइरहेको रिपोर्ट हामीकहाँ आएको छ,’ महानिर्देशक सुवेदीले भने, ‘यस विषयमा सचिवस्तरमै कुरा उठेको छ।’

सरकारले प्रतिबन्ध लगाए पनि बजारमा पर्याप्त आइरहने वस्तु इनर्जी ड्रिंक्स मात्र होइनन्। अहिले मुलुकमा दैनिक १० किलो सुनमात्र बैंकमार्फत आयात हुन्छ। बजारमा दैनिक ३० देखि ४० किलो सुन खपत हुने गरेको नेपाल सुनचाँदी व्यवसायी बताउँछन्। तर बजारमा सुनको अभाव छैन। खुद्रा बजारमा चाहिएजति सुन सजिलै किन्न पाइन्छ। नागरिक दैनिकमा समाचार छ

jackson ribon