birat ribon

एकै दिन १५ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु

Neuro
एकै दिन १५ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु

विराटनगर / विश्वमा एकै दिन कोरोना भाइरस सङ्क्रमित १५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

Padelux insider
cura insider

पछिल्लो २४ घण्टामा १५ हजार सात सय ४४ जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २१ लाख ९८ हजार छ सय ८९ पुगेको छ । विश्वमा हालसम्म १० करोड १९ लाख ८८ हजार दुई सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । एकै दिन पाँच लाख ७९ हजार नौ सय ४४ जना नयाँ बिरामी थपिए ।

सङ्क्रमितमध्ये सात करोड ३८ लाख ३७ हजार छ सय २८ जना उपचारपछि निको भएका छन् । दुई करोड ५९ लाख ५१ हजार नौ सय १३ जना उपचाररत रहेकोमा एक लाख नौ हजार आठ सय ४६ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन तीन हजार पाँच सय दुई जना सङ्क्रमितको ज्यान गएको छ । हालसम्म अमेरिकामा चार लाख ४३ हजार तीन सय ६३ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा एक लाख ४९ हजार ७५ जना नयाँ बिरामी थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड ६३ लाख २३ हजार एक सय ६५ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

सङ्क्रमितमध्ये एक करोड ६० लाख ६४ हजार एक सय १६ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै घर फर्किएका छन् । ९८ लाख १५ हजार छ सय ८६ जना उपचाररत छन् । अमेरिकामा सङ्क्रमण पुष्टि भएकामध्ये २५ हजार चार सय ६२ जनाको अवस्था गम्भीर छ ।

भारतमा एकै दिन १८ हजार नौ सय ४० जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड सात लाख २० हजार नौ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ६२ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउने एक लाख ५४ हजार ४७ पुगेका छन् ।

भारतमा सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड तीन लाख ९३ हजार एक सय ६२ जना उपचारपछि निको भएका छन् । एक लाख ७३ हजार सात सय ६२ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ६० हजार तीन सय एक जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या ९० लाख ६० हजार सात सय ८६ पुगेको छ । एकै दिन एक हजार चार सय ३९ जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या दुई लाख २१ हजार छ सय ७६ पुगेको छ ।

७९ लाख २३ हजार सात सय ९४ जना उपचारपछि निको भएका छन् । नौ लाख १५ हजार तीन सय १६ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

jackson ribon