विराटनगर । एसएससी नापोली कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको क्वार्टरफाइनल खेलमा स्पेजियालाई ४–२ गोलले हराउँदै नापोलीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
यससँगै कोपा इटालियाको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि युभेन्टस, इन्टर मिलान र अटलान्टा सेमिफाइनल पुगिसकेका छन् । अब, नापोलीले फाइनलका लागि अटलान्टासँग खेल्ने भएको छ । अर्को सेमिफाइनलमा युभेन्टस र इन्टरले खेल्नेछन् ।
फेब्रुअरीमा सेमिफाइनलका दुवै लेगका खेल हुनेछन्, दुवैमा जित निकाल्नेले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
गए राति नापोलीको मैदानमा घरेलु टोलीलाई जिताउन कालिडौ काउलीबाली, हिर्भिङ लोजानो, माटेओ पोलिटानो र इलिफ इल्मासले समान एक–एक गोल गरे । स्पेजियाका इमानुअल र जेनारो अकाम्पोराले एक–एक गोल गरे ।