birat ribon

टोटनह्यामकाे मैदानमा लिभरपुलको जित

Neuro
टोटनह्यामकाे मैदानमा लिभरपुलको जित

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुलले टोटनह्याम हटस्परमाथि जित जिकालेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले टोटनह्यामलाई उसैको मैदानमा ३–१ गोलले हराएको हो ।

Padelux insider
cura insider

टोटनह्याम हटस्पर स्टेडियममा लिभरपुललाई जिताउन रोबर्टो फिर्मिनो, ट्रेन्ट एलेक्जेन्डर–आर्नल्ड र साडियो मानेले समान एक–एक गोल गरे । टोटनह्यामका पेइरे–इमाइल होबजर्जले एक गोल गरे ।

Image

पहिलो हाफको इन्ज्युरी समयमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए । ४७औं मिनेटमा आर्नोल्डले गोल गरेपछि लिभरपुल २–० गोलले अगाडि बढ्यो ।

४९औं मिनेटमा होबजर्जले गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काउने प्रयास गरे । तर ६५औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुल ३–१ गोलले विजयी भयो ।

Image

यससँगै लिभरपुल शीर्ष चारमा उक्लिएको छ । उसले २० खेलमा ३७ अङ्क बनाएको छ । टोटनह्याम भने १९ खेलमा ३३ अङ्क जोड्दै छैटौं स्थानमा छ ।

हाल म्यानचेस्टर सिटी ४१ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ भने ४० अङ्क भएको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ ।

jackson ribon