birat ribon

हाम्रो समूहमा बहुमत भएकाले निर्वाचन आयोगले हामीलाई आधिकारिकता दिनेछ : नेता खनाल

Neuro
हाम्रो समूहमा बहुमत भएकाले निर्वाचन आयोगले हामीलाई आधिकारिकता दिनेछ : नेता खनाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र आफ्नो समूहको दुई तिहाई बहुमत रहेकाले निर्वाचन आयोगले यसलाई आधिकारिकता दिने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गदै नेता खनालले यस्तो बताएका हुन् ।

Padelux insider
cura insider

यस्तै उनले जनताको ठूलो त्याग र सङ्घर्षबाट ल्याएको लोकतन्त्रको रक्षाका लागि राजनीतिक दल सडकमा उत्रेको बताएका छन् । आन्दोलनले लोकतन्त्र र संविधानको रक्षा गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रष्ट पार्दै उनले संविधान बमोजिम संसद् पुनःस्थापना अनिवार्य रहेकाले त्यही मुद्दालाई केन्द्रविन्दुमा राखी सडक संघर्षका कार्यक्रम जारी रहेको धारणा राखे ।

एक प्रश्नको जवाफमा उनले निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आफ्ना कार्यक्रम गर्दै जाने होे, त्यो नै अन्तिम नभएको बताए । वरिष्ठ नेता खनालले प्रदेशका मुख्यमन्त्री विरुद्ध ल्याएको अविश्वास प्रस्ताव पारितका लागि लोकतन्त्रप्रति आस्थावान सबै दल एक हुने विश्वास व्यक्त गरे ।

jackson ribon