विराटनगर । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सर्वत्र आलोतिच बनेका छन् । लकडाउनका बेलामा यात्रा गरेको भन्दै उनको आलोचना भएको हो ।
लकडाउनका बेला स्कटल्याण्डको भ्रमण गरेर कोभिड–१९ नियन्त्रणका लागि बनाइएको कानुनको उलङ्घन गरेको भन्दै उनको सर्वत्र आलोचना भएको हो ।
कोरोना भाइरसको महामारी थप फैलिँदै गएपछि देशभरि नै लागू लकडाउनको उल्लङ्घन गरेको धेरैको टिप्पणी छ । आलोचकहरूले कडा लकडाउनको बेलामा प्रधानमन्त्री जोनसनले राजनीतिक शक्तिको दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् ।
स्कटल्याण्डका मुख्यमन्त्री निकोलस स्टुर्गेनले पनि प्रधानमन्त्री जोनसनको भ्रमण अत्यावश्यक नभएको बताएका छन् । स्टुर्गेनले दिएको अभिव्यक्तिका कारण पनि प्रधानमन्त्री जोनसनको भ्रमणको आलोचनाले चर्चा पाएको हो । रासस